लेखकको गृहजिल्ला कञ्चनपुरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

पूर्व गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा नेपाली कांग्रेसले प्रदर्शन गरिरहेको छ ।

लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेको विरोधमा पार्टीले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन सुरु गरेको हो ।

पार्टी कार्यालयबाट सुरू भएको कांग्रेसको विरोध प्रदर्शन उद्योग बाणिज्य संघ भवन भएर पुष्पलाल चोकतर्फ अघि बढेको छ ।

प्रदर्शन पुष्पलाल चोक भएर बजारमा प्रदर्शन गर्दै राजा महेन्द्रको शालिक पुनर्स्थापना गरेको स्मारक नजिकै कोणसभामा परिणत हुने जिल्ला सचिव भीम भट्टले जानकारी दिए ।