ओलीलाई रिहा गर्न माग गर्दै एमालेले आज सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने

नेकपा एमालेले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।

साथै एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने र नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने पनि निर्णय गरेको सचिव महेश बस्नेतले बताए ।

बैठकले विरोधका केही कार्यक्रम पनि घोषणा गरेको छ । एमालेले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय गरेको छ ।