पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई एकै ठाउँमा हिरासतमा राखिने भएको छ ।
शनिबार बिहान पक्राउ गरिएका उनीहरूलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राख्न लागिएको हो । लेखकलाई पक्राउ गरेर प्रहरीले त्यहाँ पुर्याइसकेको छ । ओलीलाई पनि त्यहीँ राख्ने तयारी गरिएको छ ।
लेखकलाई स्वास्थ्य परीक्षणलगत्तै २ नम्बर गणमा लगिएको थियो । मिर्गौलासम्बन्धी समस्यामा रहेका ओलीलाई पनि प्रहरीले अस्पतालमा नराखी गणमै राख्ने तयारी गरेको हो ।





