नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले उनकै गाडीमा राखेर काठमाडौँ प्रहरी परिसर लगेको छ ।
ओलीलाई शनिवार बिहान सूर्य विनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै भारबाट प्रहरीले पक्राउ गरेको थियो ।
अध्यक्ष ओलीलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पक्राउ गरेको हो ।
पक्राउ परे लगतै ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । ओलीलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरूसँग परामर्श गरेका थिए । त्यस क्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ लड्छु तपाईँहरू तयारी गर्नुहोस् ।’
ओलीले पूर्व महान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।





