सिन्धुली-१ बाट निर्वाचित रास्वपाका सांसद कार्कीविरुद्ध रिट दर्ता, शपथ नखुवाउन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनेन्द्र कार्कीलाई सांसदको शपथ नखुवाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कार्कीविरुद्ध उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रभातकुमार कटवाल क्षेत्री (केसी)ले मंगलबार रिट दायर गरेका हुन् ।

उनले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार नै हुन नपाउनेमा निर्वाचन आयोगले निर्वाचित घोषणा गरेको भन्दै कार्कीसँगै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् ।

सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित कार्की १६ हजार ६५९ मतसहित निर्वाचित हुँदा कटवालले १५ हजार ८७५ मत पाएर दोस्रो भएका थिए ।