राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि गर्ने अभिमुखीकरण कार्यक्रम आज र भोलि हुँदैछ ।
आज र भोलि रास्वपाबाट प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूका लागि गरिने अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन प्रयोग निषेध गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटी ले जानकारी दिएका छन् ।
कार्यक्रम ग्वार्को स्थित एक होटलमा हुने छ । कार्यक्रममा समापन सत्रमा मात्र सभापति रवि लामिछाने सहभागी हुने बताइएको छ ।
फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेको छ ।




