रौतहट २ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा. मो फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन अधिकृत सीताराम खड्काका अनुसार आलमले २९ हजार ५२८ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहलाई ११ हजार ८६ मतान्तरले पराजित गरेका छन्।

पराजित भएका किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शेख सगिरले ९ हजार ३२५ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन्। जनता समाजवादी पार्टी (जसपा), नेपालका रामअशिष राय यादवले २ हजार ९६० मत र नेकपा (एमाले) का मोहम्मद अतिउल्लाहले २ हजार ३८२ मत पाएका छन्।

यस क्षेत्रमा कुल १ लाख ८ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ मत खसेको थियो। जसमध्ये ६६ हजार १४४ मत सदर र ५ हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रौतहट २ मा रास्वपा र एमालेलाई निकै पछाडि पार्दै डा. आलमले कांग्रेसको बलियो उपस्थिति प्रमाणित गरेका छन्।