झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र साह बालेन भारी मतान्तरले विजयी भएका छन् ।
वालेन्द्रले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष एवं चार पटकका प्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मतमात्र प्राप्त गरे ।
बालेनले ओलीसँग ४९ हजार ६१४ मतान्तरसहित जित हासिल गरेका हुन् । यो नतिजासँगै बालेन अब नेपालको प्रधानमन्त्री हुने भएका छन् ।
उनलाई रास्वपाले प्रधानमन्त्रीका उम्मेदवारको रुपमा अगाडि सारेर प्रचारप्रसार गरेको थियो ।
यता ओलीको रजगज भने समाप्त भएको छ । यसअघि ०७९ सालमा भएको निर्वाचनमा उनले राप्रपाको सहयोगमा जित हासिल गरेका थिए ।




