ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार डा. तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन्।
शुक्रबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार कार्की ३१ हजार १३६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले १८ हजार १६३ मत पाएका छन्। कार्कीले खड्कालाई १२ हजार ९७३ मतको फराकिलो अन्तरले पछि पार्दै संसद् यात्रा तय गरेकी हुन्।
यसअघि पनि कार्की नै सो क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।



