। काठमाडौँ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेल विजयी भएका छन्। निर्वाचन आयोगको पछिल्लो मतगणना अनुसार पोखरेलले १७ हजार २०५ मत प्राप्त गरेका छन्। पोखरेल काठमाडौँ महानगरपालिकामा पूर्व प्रमुख बालेन्द्र शाहको सचिवालयमा कार्यरत थिए।
नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री प्रदीप पौडेललाई फराकिलो मतान्तरले पछि पार्दै पोखरेलले जित हासिल पारेका हुन्। पौडेलले ५ हजार ४३१ मत प्राप्त गरेक छन्।
त्यस क्षेत्रमा नेकपा एमालेका नेता इश्वर पोखरेल तेस्रो स्थानमा २ हजार ७५६ मतका साथ रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा चौथौं स्थानमा १ हजार २ मतले चित्त बुझाउनु परेको छ। ठूला भनिएका राजनीतिक दललाई पछि पार्दै पोखरेलले जित हासिल पारेका हुन्। निर्वाचन आयोगबाट आधिकारिक रुपमा घोषणा हुन भने बाँकी छ।




