राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापा–५ मा दोब्बर मतको अग्रता लिएका छन् ।
बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १७४८ मतान्तरले पछाडि छोडेका छन् ।
बिहान ११ः१५ को मतपरिणाम अनुसार बालेनले २८७८ मत पाएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले ११३० भोट ल्याएका छन्।
यता नेपाली कांग्रेसका उम्मेदवारले १८३, श्रमसंस्कृति पार्टीका उम्मेदवारले १३९, नेकपाका उम्मेदवारले १२९, राप्रपाका उम्मेदवारले २९ मत पाएका छन्।
यस्तै चितवन–३मा रास्वपाकी सोविता गौतमले ४ हजार ९४४ मत प्राप्त गरेर अग्रता कायम राखेकी छन्। नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले २ हजार ९६० मतसहित दोस्रो स्थानमा छिन्।
यस्तै एमालेका शंकर थपलियाले ८५२, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ५५६ मत पाएका छन् ।




