मोरङ-६ मा शेखर कोइराला पछाडी, रास्वपाको ठूलो अग्रता

नेपाली कांग्रे‌सका नेता शेखर कोइराला प्रारम्भिक मत गणनामा पछि परेका छन् । मोरङ-६ को मत गणनामा उनी रास्वपाका उम्मेदवारसँग पछि परेका हुन् ।

उक्त क्षेत्रमा रास्वपाकी रुविना आचार्यले ३ हजार ४ सय २३ मत पाउँदा कोइरालाले ७ सय २८ मत पाएका छन् । नेकपा एमालेका विनोद ढकालले ६ सय २७ मत प्राप्त गरेका छन् ।