पर्सा २ का नेकपा उम्मेदवार चौधरीसहित ४ जना पक्राउ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरी पपक्राउ परेका छन् ।

बडनिहार क्षेत्रमा नियमित सुरक्षा जाँच गर्ने क्रममा केही शंकास्पद वस्तु फेला परेपछि गाडीमा सवार चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिसपी हरि बहादुर बस्नेतले चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ ।