नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँग मिलेर सरकार बनाएर गल्ति गरिएको बताएका छन् ।
रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसले गरेको चुनावी कार्यक्रममा बोल्दै थापाले विगतमा कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यलाई गलत भनेका हुन् ।
उनले संसद्मा ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री चाहिएको र २२ सिट भएको रास्वपालाई गृहमन्त्री चाहिएको बेला कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउँदा झन् धेरै त्रुटि भएको बताए ।
कांग्रेस, एमाले, रास्वपा र माओवादी सबैले गल्ती गरेर आएको भन्दै उनले भने, ‘अहिले कसैले फुर्ती नलगाए हुन्छ ।’





