आज झापामा बालेनको ‘रोड सो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार (फागुन १७) झापाकेन्द्रित चुनावी अभियान ‘रोड सो’ सञ्चालन गर्दै छ ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रोड सो गरिने भएको हो ।

बालेन बिहान ९ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी काँकडभिट्टा जानेछन् ।

त्यहाँबाट बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदशी, पृथ्वीनगर, शरणामती, झापा गाउँपालिका, सुरुंगा बजार हुँदै दमक पुग्ने तालिका रहेको बताइएको छ ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै शनिबार काठमाडौं उपत्यकामा रोड सो गरेको थियो ।