रास्वपा कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँलाई खादा मालाले स्वागत गरे ।
प्रदेशका महामन्त्री र प्रदेश राजधानीको कार्यवाहक सभापतिले पार्टी परित्याग गरेपछि निर्वाचनको सम्मुखमा रास्वपालाई धक्का लागेको छ ।




