थुनामुक्त भएछि दुर्गा प्रसाईं , आरजु राणासँगको भेटबारे के भने ?

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाऊ महाअभियानका संयोजक तथा व्यवसायी दुर्गा प्रसाईंले आरजु राणा, पूर्णबहादुर खड्कासँग गरेको स्वीकार गरेका छन् |

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेपछि उनी बुधबाररिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवासँगको तस्वीर पुरानो भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल भएको तस्वीर दुई–अढाई वर्ष पुरानो भएको उनले बताए ।

उनले भने, ‘आरजु राणा, पूर्णबहादुर खड्कासँगको फोटो लिक भएको मैले थाहा पाएँ । लिक भएको होइन, त्यो आएको हो, खिचिएको हो । त्यसमा ढाँट्नुपर्ने छैन, एआई होइन । पर्सनल कामले भेटेको हो । दुई–अढाई वर्ष जति भयो । उहाँको पनि स्कूल छ र मेरो पनि स्कूलको कामले जाँदाखेरी कुनै नेताको घरमा भेट भएको बेला खिचिएको फोटो हो । त्यतिबेला उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।’

नेताहरूसँग फोटो खिच्दैमा गलत अर्थ नलगाउन प्रसाईंले आग्रह गरे । ‘मैले आरजु देउवासँग अढाइ–दुई वर्ष अगाडि फोटो खिच्दाखेरी के बिग्रियो ? अनि अब अहिले नयाँ डेट हालेर फेरि ल्याउन बेर लाउँदैनन् ।’