मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहमा आबद्ध सुनिल प्रसाद (एसपी) शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ पक्राउ परेपछि उनको पक्राउको विरोधमा शाहले गाडी आगजनी गर्न र भिडियो खिचेर पठाउन समर्थकहरूलाई निर्देशन गरेका थिए।
उनलाई बबरमहलबाट मंगलबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । शाह बाराका स्थानीय हुन् ।
यसअघि सोमबार प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।





