नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला पक्राउ

प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धमेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई मंगलबार सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले बताए ।

उनीसँगै पार्टीका काभ्रे सेक्रेटरी विष्णुप्रसाद तिम्सिना पनि पक्राउ परेका छन् । उनीहरुले २१ फागुनको निर्वाचन विरोध गर्दै मंगलबार हड्तालको आह्वान गरेका थिए । तर, त्यसको खासै प्रभाव परेको थिएन ।

‘चुनावका बेला जनतामा डर, त्रास फैलाएर सार्वज्निक सेवा प्रवाहमा असर पुर्याएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,’ खड्काले भने, ‘उहाँहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंसमक्ष मुद्दा चलाउने गरी बुझाउँछौं ।’