एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र केन्द्रित ४२ बुँदे प्रतिबद्धता सार्वजनिक

नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नम्बर ५का लागि ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्र र राष्ट्रियता तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ। एमालेले सुशासन कायम गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने र पूर्वाधार विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ।

त्यसैगरी ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई कार्यक्रमकै रूपमा अघि बढाउने, अधुरा विकास आयोजना सम्पन्न गर्ने, कृषि, स्वास्थ्य, शिक्षा, सडक, खेलकुद र पर्यटन क्षेत्रको विकासलाई तीव्रता दिने प्रतिबद्धता पनि पत्रमा उल्लेख गरिएको छ। निर्वाचनपछि यी एजेण्डा कार्यान्वयनमा लैजाने एमालेको भनाइ छ।

101 2
102 2