दुर्गा प्रसाईं फेरि पक्राउ

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ लाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

सोमबार निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिएका छन्।

प्रहरीका अनुसार प्रसाईँलाई केही समयदेखि निगरानीमा राखिएको थियो र आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

पक्राउसँगै उनलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँ ल्याइएको जनाइएको छ। यद्यपि उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने विषयमा प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।

प्रहरी स्रोतका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र आवश्यक परे आधिकारिक विवरण सार्वजनिक गरिने बताइएको छ।

प्रसाईँ यसअघि पनि विभिन्न अभिव्यक्ति र गतिविधिका कारण विवादमा परेका थिए। विभिन्न सार्वजनिक कार्यक्रम, आन्दोलन र अभिव्यक्तिका कारण उनी पटक–पटक प्रहरीको निगरानीमा रहँदै आएका छन्।

प्रहरीले अनुसन्धान प्रक्रिया जारी रहेकाले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्र थप विवरण सार्वजनिक गरिने जनाएको छ।