राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
सोमबार रास्वपा केन्द्रीय कार्यालयमा पार्टी नेता गणेश पराजुलीले तामाङलाई टिकट हस्तान्तरण गरेका हुन् ।
रास्वपाकी केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएकी हुन् ।
यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेकी थिइन् । तर अन्ततः उनी रास्वपाको टिकट लिएर धादिङ–१ बाट चुनावी मैदानमा उत्रिने भएकी छन् ।





