युवा तथा खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा,सिरहा–१ बाट चुनाव लड्ने

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । गत कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले मेल मार्फत राजीनामा बुझाएका हुन् । आज सार्वजनिक बिदा भएकाले आजै राजीनामा स्वीकृत नहुने भएको छ ।

पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषयले विवाद बढेको थियो। रास्वपासँग नजिक देखिएका बब्लुलाई प्रधानमन्त्री कार्कीले राजीनामा दिन दवाव दिदैं आएकी थिइन् ।

गुप्ता सिरहा–१बाट चुनाव लड्ने तयारीमा रहेका छन् ।