थापा पक्षलाई मान्यता दिएको विरोधमा देउवा पक्षको मसाल जुलुस

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई नेपाली कांग्रेसको आधिकारिता दिएको भन्दै शेरबहादुर देउवा पक्षले विरोध गरेको छ। 

शनिबार काठमाडौँको त्रिचन्द्र कलेजमा देउवा पक्षका युवा विद्यार्थीले मसाल जुलुस बालेर विरोध जनाएका हुन्।