नेकपा (एमाले)ले आगामी माघ ४ गतेदेखि औपचारिक रूपमा चुनावी अभियान सुरु गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेश कमिटीको आयोजनामा प्रज्ञा भवनमा हुने कार्यक्रमबाट एमालेले चुनावी अभियानको थालनी गर्न लागेको सम्झना गरिएको छ ।
बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाका अनुसार भृकुटीमण्डपबाट सुरु हुने जुलुस प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने छ।
उक्त सभाबाट बागमती प्रदेश कमिटी अन्तर्गतका १८ वटै निर्वाचन क्षेत्रमा एमालेको जित सुनिश्चित हुने घोषणा गरिने उनले बताइन् ।
चुनावी अभियानको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
एमालेले काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेकका क्षेत्रलाई बागमती प्रदेश कमिटी अन्तर्गत समेटेको छ ।





