सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सिफारिस

सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ ४ गते बिहान ११ बजे बस्नेगरि राष्ट्रिय सभा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो।

भदौ २३ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थियो।