नेतृत्व रक्षाका लागि होइन, पार्टीको भविष्यका लागि निर्णय गरौं: प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विशेष महाधिवेशन माग गर्नेहरूलाई पार्टी फुटाउने प्रयासमा लागेको आरोप गलत भएको स्पष्ट पारेका छन्।

उद्घाटन समारोहमा उनले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै भने, “महाधिवेशन प्रतिनिधिहरूले कांग्रेसको निम्ति जीवन समर्पण गर्नुभयो, राज्यको पद पाउनुभएन। उहाँहरूलाई अपमान गरेर कांग्रेस फुटाउने होइन, बलियो बनाउन र एकता कायम गर्नुपर्छ।”

पौडेलले थपे, “यो बहुदलीय व्यवस्थामा गणित प्रधान हुन्छ। गणितले विश्वास नदिएमा नैतिकता र नेतृत्वको जिम्मेवारी ख्याल गर्नुपर्छ। नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्ने कि भविष्यका लागि नेतृत्व फेर्ने निर्णय हाम्रो हातमा छ ।”

उनले भदौ २३–२४ को आन्दोलनलाई उदाहरण दिंदै कांग्रेस र नेपालको लोकतन्त्रमा सुधार आवश्यक रहेको उल्लेख गरे। पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस सच्चिएर आएको सन्देश जनतासम्म पु¥याउर्नेमा जोड दिएका छन् ।