नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज (शनिबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने गरि आह्वान गरिएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।





