सभामुख घिमिरे र उपसभामुख रानामगरको कार्यकाल सकियो

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आजदेखि सकिएको छ । फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिनदेखि उनीहरूको पदावधि समाप्त भएको हो ।

संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा निर्वाचनको प्रक्रिया औपचारिक रूपमा अघि बढेसँगै सभामुख र उपसभामुखको कार्यकाल स्वतः समाप्त हुने व्यवस्था छ ।

घिमिरे र रानामगरले आफ्नो कार्यकालमा संसदीय अभ्यास सुदृढीकरण, विधायी प्रक्रिया सञ्चालन तथा संसदीय मर्यादा कायम राख्न भूमिका निर्वाह गरेका थिए । निर्वाचन प्रक्रियासँगै प्रतिनिधि सभा अब नयाँ जनादेशको तयारीमा प्रवेश गरेको छ ।