कुलमान घिसिङको उज्यालो नेपाल र प्रलोपाबीच चुनावी सहकार्य हुने

प्रगतिशील लोकतान्त्रिक पार्टी र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच चुनावी सहकार्य हुने भएको छ।

दुई पार्टीबीच आजै सहमति पत्रमा हस्ताक्षर हुने बताइएको छ । प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन् ।

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको ७ बुँदे सहमतिमा नगएका कुलमानले प्रलोपासँग सहकार्य गर्न लागेका हुन्।