नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया अन्ततः सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्य बिहीबार बिहान ५:३५ बजे सकिएको हो ।
नयाँ नेतृत्व चुन्नका लागि महाधिवेशन प्रतिनिधिहरूले निकै सास्ती व्यहोर्नुपर्यो । प्रतिनिधिहरूले रातभरि लाइनमा बसेर जाग्रामका बीच आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदान प्रक्रिया केही सुस्त हुँदा एक जना प्रतिनिधिलाई मतदान गर्न औसतमा ३५ मिनेट लागेको जनाइएको छ ।
जारी महाधिवेशनका लागि देशभरबाट कुल २ हजार २ सय ६३ जना प्रतिनिधि चयन भएका थिए । तीमध्ये २ हजार २ सय २७ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाएको केन्द्रीय निर्वाचन आयोगले पुष्टि गरेको छ । स्वास्थ्य समस्या तथा अन्य विविध कारणले गर्दा ३६ जना प्रतिनिधि भने मतदान प्रक्रियामा अनुपस्थित रहे । आयोगका अनुसार अनुपस्थित हुनेहरूमा केन्द्रीय नेतादेखि विभिन्न विभाग र भूगोलका प्रतिनिधिहरू रहेका छन् । अनुशासन आयोगका प्रदीप प्याकुरेल (सुशील) उपस्थित भए पनि कार्ड नभएका कारण मतदान गर्नबाट बञ्चित भए ।
को-को भए अनुपस्थित ?
१. केन्द्रीय कमिटी
मुकुन्द न्यौपाने
बसन्त नेम्वाङ
बालकृष्ण काउछा मगर
ब्रिजेश गुप्ता
राजकुमार गुप्ता
हरि बहादुर राजवंशी
२. आयोगहरू
अनुशासन आयोग: पोष्ट कुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेल (सुशील)– (उपस्थित तर कार्ड नभएको) ।
निर्वाचन आयोग: समिर नेपाल र रचना राजोपाध्याय ।
लेखा आयोग: अशोक केसी ।
३. विभाग
घनश्याम कोइराला
संजीव रोकाहा
४. महाधिवेशन प्रतिनिधि
कृष्णमाया भुजेल (झापा)
लक्ष्मी यादव (बारा)
शत्रुधन प्रसाद सिंह (सिरहा)
राजेन्द्र प्रसाद यादव (पर्सा)
अशु आनन्द (पर्सा)
मनोजकुमार गुप्ता (पर्सा)
विजय कापर (सप्तरी)
जितेन्द्र चौधरी (महोत्तरी)
सिर्जना नेपाली (प्रवास)
दानबहादुर बिक
बब्लु शिवाकोटी
अशिम कोइराला
दिनेश बास्तोला
गिरिराज बेलबासे
राजेन्द्र अर्याल
मिना पोख्रेल
तेजकुमार विक
पल्लवराज भट्ट
तिलक रिजाल
गोमा नेपाली





