प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को आकार विस्तार हुने भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै चार जना सदस्य थप्ने तयारी गरेकी हुन् ।

शुक्रबार अपराह्न ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम रहेको छ।

चौथो पटक विस्तार हुन लागेको मन्त्रिपरिषद्मा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुग्ने छ ।