नेकपा (एमाले) को सचिवालय बैठक आज (शुक्रबार) दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना र महाधिवेशनमा पेस गरिने प्रस्तावहरू लगायतका विषयमा छलफल हुनेछ।
एमालेको ११औँ महाधिवेशन भोलि (शनिबार) देखि सुरु हुँदै छ।





