Zagraj na automatach online, gdzie najlepsze kasyno bitcoin oferuje ogromne jackpoty i niepowtarzalne bonusy, które zapewnią ci ekscytującą i niezapomnianą rozrywkę.

निर्वाचन आयोगले दल दर्ताको म्याद चार दिन थप, १०६ दलले दल दर्ता गराए

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि बुधवार साँझसम्म १०६ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले दल दर्ताको म्याद चार दिन थप गरेको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिनका लागि यहीँ मंसिर १ गतेदेखि १० गतेसम्ममा १०६ दलले दल दर्ता गराएका हुन् ।

बुधवार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै निर्वाचनमा भाग लिनका लागि बाँकी रहेका दललाई दर्ता गराउन समय पाएका छन् । दल दर्ताका लागि बुधबार अन्तिम दिन रहेको थियो तर आयोगले म्याद थप गरेसँगै अब चार दिनसम्म दल दर्ता गराउन पाउने छ ।

आयोगका अनुसार हाल सम्म आयोगमा १३७ वटा दलको दर्ता कायम रहको छ । आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा १६ वटा नयाँ दलले पहिलोपटक निर्वाचनमा भाग लिने भएका छन् । जेनजी आन्दोलनपछि दर्ता भएका १९ वटा नयाँ दलमध्ये बुधबार साँझसम्म १६ वटा दलले आगामी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन् ।

आगामी फागुन २१ को निर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता गर्ने समय सीमा ४ दिन थपिएकाले अबको ४ दिनभित्र नयाँ दल दर्ता गराउनेले पनि निर्वाचनमा भाग लिन सक्नेछन् ।