रास्वपा छाडेका सन्तोष परियार, बाबुराम र जनार्दनबचि ५ बुँदे सहमति

आज मात्रै रास्वपा छाडेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन्। तीन समूहबीच आज ५ बुँदे सहमति भएको हो।

सहमति पत्रमा नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराँती र परियारले हस्ताक्षर गरेका छन्।

सहमतिमा हस्ताक्षर हुँदै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनार्दन शर्मा पनि सहभागी थिए।