कुलमान घिसिङले सम्पत्ति विवरण बुझाए

 ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअनुसार मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीसहति ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन् । सम्पत्ति विवरण बुझाउनेमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले रहेका छन् ।

सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्यमन्त्री सुधा शर्मा गौतमले भने सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।