पार्टी छाडेका सन्तोस परियारलाई रास्वपाले दियो शुभकामना

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ ।

रास्वपाले शुक्रबार प्रेस नोटमार्फत परियारले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ ।

राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना’, प्रेस नोटमा भनिएको छ ।

परियारले आजै पदबाट राजीनामा दिएका थिए ।