कुलमानको उज्यालो नेपाल पार्टीका पदाधिकारी को को ?

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

घिसिङले यसअघि साउनमै जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दलको पछिल्लो अद्यावधिक विवरणमा पूर्व ऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्ष राखिएको हो । पदाधिकारीहरुमा अधिकांश सदस्य डाक्टर र इन्जिनियर रहेको पाइएको छ ।

घिसिङको पार्टीमा प्रा.डा. महेन्द्र सुन्दर लावती, युवा अभियन्ता सागर ढकाल, अभिनेत्री रीमा विश्वकर्मासमेत आबद्ध भएका छन्। त्यस्तै घिसिङको पार्टीमा डा. तारा प्रसाद जोशी, डा. घनश्याम पाण्डे, डा. शंकर ढकाल, डा. तेजनारायण यादव, मन्त्री बन्न रोकिएकी टासी ल्हान्जोम, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङलगायत रहेका छन्।