नेपाली कम्युनिष्ट पार्टीले सबै प्रदेशमा एकता सन्देश सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशका सबै प्रदेशमा एकता सन्देश सभा सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शनिबार पेरिसडाँडामा बसेको बैठकले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

त्यस्तै आगामी निर्वाचनका तयारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय पनि निर्णय गरेको छ ।

त्यसैगरी, पार्टीका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई समन्वयमा ल्याई जनपरिचालन कार्यक्रमलाई अझ सशक्त बनाउने निर्णय भएको छ ।

देशभर जनसंगठनहरूबीच एकता र साझा अभियान विस्तारका लागि तयारी तीव्र पारिने पनि प्रवक्ता अग्नी प्रसाद सापकोटाद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।