घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक

एकीकृत समाजवादीले घनश्याम भुसाललाई पार्टीको संयोजक बनाएको छ।

शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको ‘भर्चुअल’ बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको हो।

अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि विमति जनाउँदै भुसालले पार्टी पुनर्गठन गर्ने बताएका थिए।

बैठकले विभिन्न पार्टीसँग वार्ता गर्ने जिम्मा भुसाललाई दिएको छ। यसैगरी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।