दक्षिण अफ्रिकासँग नेपाल पराजित, क्वाटरफाइनल यात्रा समाप्त

हङकङ सिक्सेसको जारी संस्करणमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ ।

दोस्रो हार बेहोर्नेक्रममा नेपाल शनिबार बिहान भएको खलमा दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भयो । योसँगै नेपालको क्वाटरफाइनल यात्रा टुंगिएको छ । 

दोस्रो खेलमा पहिला ब्याटिङ गरेको नेपाल ३.३ ओभरमा ५८ रनमै अलआउट भयो । नेपालका लागि राशिद खानले १६, लोकेश बमले १४ र मोहम्मद आदिल आलमले १३ रन जोडे ।

जवाफी ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले ५९ रनको लक्ष्य ३.४ ओभरमा पूरा गर्‍यो । उसका लागि ब्लेक सिम्पसनले ३०, जोरिच भ्यान शाल्कविकले १७ तथा अब्दुल्लाह बयोमीले १६ रन बनाए ।

नेपालका लागि लोकेश बमले मात्र दुई विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा नेपालले अफगानिसनसँग १७ रनको हार बेहोरेको थियो ।