विप्लव नेतृत्वको नेकपाको जनसभा आज भृकुटीमण्डपमा

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बिहीबार) जनप्रदर्शनसहितको जनसभा आयोजना गर्दैछ।

पार्टीले आज दिउँसो काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शनसहित जनसभा गर्ने भएको हो।

चन्द नेतृत्वको नेकपाले हालै आगामी निर्वाचनमा होमिने गरी निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ। भूमिगत राजनीति छाडेर शान्तिपूर्ण प्रतिस्पर्धामा आएको यो पार्टीको पहिलो ठूलो जनसभा भएकाले यसलाई राजनीतिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।