कांग्रेस महाधिवेश : ९ असाेजकाे पालिका अधिवेशन नरोकिने

congressss

काठमाडौं, ८ असोज – नेपाली कांग्रेसले ९ असोजका लागि निर्धारित गरिएको अधिवेशन नरोक्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले ९ असोजका लागि तय गरिएको पालिका अधिवेशन नरोक्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘पालिका अधिवेशन ९ असोजका लागि यसअघि नै तय गरिएको छ’, उनले भने, ‘ सोही मितिमै हुनेछ । तर, जिल्लाको समन्वयमा केन्द्रीय निर्वाचन समितिको अनुमतिमा भने एक दुई दिनपछि गर्न सकिनेछ ।’

हिमाली जिल्लाको दशैंअघि नै अधिवेशन सक्ने तयारी गरिएको उनले बताए । साथै १३ जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद पनि समाधान गर्न गठित समितिले टुंग्याउने प्रवक्ता शर्माले जानकारी दिए

समन्धित समाचार