माओवादीको केन्द्रीय समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेबाट सुरु हुने माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकको मुख्य एजेन्डा हालै नेकपा (एकीकृत समाजवादी) सहित नौ दलबिच भएको एकता सहमति अनुमोदन गर्नु र सचिवालय बैठकले गरेका निर्णय पारित गर्नु रहेको छ ।

माओवादी र समाजवादीसहित नौ वाम घटकबीच केही दिनअघि एकता सहमति भएको थियो । सो सहमति अनुमोदन गरेपछि पार्टी एकता घोषणा गर्ने तयारी भइरहेको बताइएको छ । 

पार्टी एकता घोषणा आगामी १९ कात्तिकमा गर्ने तयारी छ ।