जेन्जीको मागलाई कसरी सम्बोधन गर्ने ? भन्ने बिषयमा नागरिक समाजद्वारा भोलि विशेष संवादको आयोजना

नागरिक समाजको आयोजनामा भोलि नागरिक समाज र जेन्जीवीच रचनात्मक संवाद र वहस ““MAGNIFY LEADER in you!!” हुने भएको छ |

अनुभवी नागरिक समाज र युवा पुस्ताबीचको सहकार्य, संवाद र नेतृत्व विकासका विषयमा रचनात्मक बहसका लागि यो कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

जेन्जीको मागलाई कसरी सम्बोधन गर्ने ?” भन्ने मुख्य प्रश्नलाई केन्द्रमा राखी हुने उक्त कार्यक्रममा नागरिक समाजका विज्ञता, अनुभव र युवाको ऊर्जा सँगै ल्याउने लक्ष्य राखिएको छ। नागरिक समाजका अनुसार, यो कार्यक्रमले रूपान्तरण र परिवर्तनको खाका प्रस्तुत गर्दै नयाँ पुस्तालाई नेतृत्व विकासतर्फ प्रेरित गर्ने अपेक्षा रहेको छ।

कार्यक्रम १५ कात्तिक २०८२, दिउँसो १२:३० बजे, काठमाडौँको क्वालिटी ब्याङ्क्वेट, बुद्धनगर बानेश्वरमा आयोजना हुनेछ।

भोलिको कार्यक्रममा वक्ताहरु:-

  • डा. भोला रिजाल
  • डा. भीम रावल
  • पूर्व एआइजी शर्वेन्द्र खनाल
  • डा. सुन्दर सिंह बोहरा (नेतृत्व विकास तथा राजनीतिक विश्लेषक)
  • बि.अ. दिनेश त्रिपाठी
  • प्रेम घा मगर (एनआरएनए अध्यक्ष, युके)
  • पूर्व न्यायाधीश बलराम केसी
  • वैज्ञानिक कपिल पौडेल
  • पूर्व सहायक रथी भरत ब. रायमाझी
  • पूर्व एपीएफ आइजी सन्त बस्नेत

यसै गरी जेन्जीसमुहको तर्फबाट जेन्जी आन्दोलनका घाइते, शहिद परिवार र आफन्तहरु, ग्यावत थापा मगर, कमल सुवेदी, सरजू सिग्देल, अधिवक्ता दिपक चौधरी, श्याम अधिकारी, डा. जगत बिके, धुर्ब सुनार, किरण सुवेदी, प्रदीप भट्टराई, बिना सिलवाल, गणेश चौलागाईं, धिरज सुनार र अर्जुन बमरेल लगायतको उपस्थिती रहने आयोजकले जानेको छ |