राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ ।
जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास शीर्षकमा बृहत् राजनीतिक संवाद नेपाल हाउस बालुवाटारमा सुरु भएको हो ।
संवादमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायत सहभागी छन् ।





