नेकपा(एकीकुत समाजवादी)को जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजीनामा मागिएको छ ।
नेकपा(माओवादी केन्द्र्रसँग एकताका लागि अध्यक्ष माधव कुमार नेपालले तयारी गरेपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले केन्द्रीय कमिटी बैठकमै उनको राजीनामा मागेका हुन् ।
उनले भने, ‘मुद्दा लागेपछि त्यस बेलै संसदबाट निलम्बन हुनुभयो । अनि तपाईँ पार्टीमा चाहिँ किन पदमा बस्ने ? कम्युनिस्ट आन्दोलनको नेताले कस्तो मूल्य स्थापित गर्ने, त्यसको अगुवाइ तपाईँले गर्नुस् । तपाईले नेतृत्व छाड्नुस् ।’
माओवादी केन्द्रसँग पार्टी एकताबारे पार्टीमा सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनले यसअघि पनि पार्टी एकताको विपक्षमा वक्तव्य जारी गरेका थिए ।




