नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
हाल काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
सामाजिक सञ्जालमा उनको स्वास्थ्य अवस्थाबारे गलत हल्ला फैलिएपछि अस्पतालले त्यसको पनि खण्डन गरेको छ। ‘सामाजिक सञ्जालमा आएका कुराहरू फेक न्युज हुन्, उहाँ जिवित हुनहुन्छ, भेन्टिलेटरमै उपचार भइरहेको छ,’ अस्पताल स्रोतले भन्यो।
गत जेठमा नख्खु कारागारबाट छुटेपछि पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो।





