राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ मा निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको रिक्त पदका लागि निर्वाचन हुन्छ ।

साथै सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची– २ मा हेरफेर गर्ने निर्णय गरेको छ ।