मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरुबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् ।
‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ । अब बाँकी निर्णय सचिवालय बैठकले गर्छ,’ उनले भने ।





